२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यू–१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

२४ मंसिर, काठमाडौं । यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको हो । अफगानस्तानका लागि जम्सिद जद्रानले सर्वाधिक १०६ रन जोडे । १५२ बल खेलेका उनले ८ चौकाको मद्दतमा १०६ रन जोडेपछि रिटायर्ड आउट भए । अन्तिम ओभरको पहिलो बल थाइमा लागेपछि उनले खेल्न सकेनन् ।

६.३ ओभरमा ३३ रन जोड्दा मा ३ विकेट गुमाएको अफगानस्तानका लागि जम्सिदले रहिमुल्लाह जुरमातीसँग चौथो विकेटका लागि ८१ रनको साझेदारी गरेपछि अफगानिस्तान खेलमा फर्किएको थियो । रहिमुल्लाह ३५ रन बनाएर आउट भएपछि जम्सिदले नुमान शाहसँग ९७ रनको साझेदारी गरेका थिए ।

अफगानस्तानका ओपनर वफिउल्लाह ताराखिल १५ र खलिद तनिवाल १० रनमा आउट भएका थिए । जम्सिद तेस्रो नम्बरमा आएका थिए । चौथो नम्बरमा आएका अक्रम मोहम्मदजाई शून्य रनमै आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो । नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामी, गुल्सन झा र स्पिनर सुवास भण्डारीले समान २/२ विकेट लिए । दिपेश कँडेल र आकाश चन्दले समान १/१ विकेट लिए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस