काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ । बीपी स्टडी युथ सर्कलले रीता शाहीद्वारा लिखित गजल सङ्ग्रह ‘चिनारी’ को विमोचन गर्दै उहाँले मुलुक परिवर्तन गर्नका लागि कांग्रेसलाई परिवर्तन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभएको हो । उहाँले कम्युनिस्ट पार्टीसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व समाप्त हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्नु हुँदैन, लोकतान्त्रिक पार्टीसँगै गठबन्धन गर्नुपर्छ ।’ गठबन्धन निर्वाचनअघि गर्ने कि निर्वाचनपछि भन्नेबारे पार्टीले सोच्न जरुरी रहेको उहाँको भनाइ थियो ।
२०८१ कार्तिक ३० गते शुक्रवार |
2024 November 15th Friday
हामीले कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व समाप्त हुन्छ
प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस