२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधान सेनापतिसँग अमेरिकी National Security Council का Senior Director को शिष्टाचार भेट

काठमाडौं ।  प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहनु भएका संयुक्त राज्य अमेरिकी National Security Council को Senior Director for South Asia, Rear Admiral Eileen Laubacher ले शिष्टाचार भेट गर्नु भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत Dean R. Thompson उपस्थित हुनुहुन्थ्यो । यस किसिमको भेटघाटले दुई देश बिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस