२०८१ मङ्सिर २ गते आइतवार | 2024 November 17th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुले केन्द्रीय कार्यालय घेर्यो

ANERASWABIU surrounded the central office against Ncell's share buying and selling activities

काठमाडौं । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय घेराउ गरेको छ । कार्यालय घेराउ गर्दै अगाडि विरोध प्रदर्शन गरेको हो ।

एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन सुरु भएको अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरीले बताए । प्रदर्शनमा सहभागीहरुले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन् । माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, विवादास्पद एनसेल शेयर विक्रीको छानबिन गर जस्ता नारा लेखिएका प्ले कार्ड उनीहरुले बोकेका छन् ।

अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन् । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएको थियो । अहिले सो विषय चौतर्फी रुपमा विवादित बनेको छ । यस्तै मंगलबार नै एनसेलको सर्वोच्च अदालतमा पूँजीगत लाभकरसम्वन्धी एउटा मुद्दाको सुनुवाइ हुँदै छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस