२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मंगलबार सुनको मूल्य ह्वात्तै घट्यो, अहिलेसम्मकै उच्च रेकर्डपछि किन लाग्यो ओरालो ?

gold price today nepal

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य आज गिरावट आएको छ । सोमबारसम्म आजसम्मकै उच्च अंकमा पुगेको सुन र चाँदीको मूल्य ओरालो लागेको हो । आज बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार २०० सय रुपैयाँ कायम भएको छ । एकैपटक मूल्य झरेको छ । सोमबार मात्र सुनको मूल्य १ लाख २१ हजार ६०० सय पुगेको थियो । एकैदिन २४ सय रुपैयाँ घटेको पनि यो नयाँ रेकर्ड हो । त्यस्तै तेजाबी सुन मूल्यपनि घटेर मंगलबार एक लाख १८ हजार ६५० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यपनि ह्वात्तै घटेको छ । हिजो सोमबार प्रतितोला एक हजार ५४५ रुपैयाँ कायम भएको चाँदी आज मंगलबार एक हजार ५०० मात्र रहेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस