२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

४८ देशलाई पछि पार्दै नेपाली चेली रशिला तामाङले जितिन् एसिया ट्रेल मास्टरको उपाधि

Rashila Tamang Nepal Asia Trail Master Champion 2023

काठमाडौं । नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् । रशिला शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरिन् । यो दौड जित्ने रशिला पहिलो नेपाली धाविका समेत हुन् ।

बेल्जियमकी भान्जा कनोप्स निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो हुँदा फिलिपिन्सकी एन्जेली काबालो तेस्रो भइन् । उनले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् । रशिलाले पछिल्लो समयम अन्तर्राष्ट्रिय स्तरमा अल्ट्रा रेसहरुमा प्रतिस्पर्धा गर्दै आएकी छन् । जसमा उनले पोडियम फिनिस पनि गरिरहेकी छन । गत महिना मात्रै मलेसियामा आयोजना भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो भएकी थिइन् ।

रशिलाले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा रेसमा नियमितजसो सहभागिता जनाउँदै आएकी छन् । भाग लिएका अधिकांश दौडमा शीर्ष तीन भित्र पर्न सफल रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर, ४२ किमीको एभरेष्ट म्याराथन, स्विट्जरल्याण्डमा भएको यूटीएमआरमा लगायतमा पहिलो भइसकेकी छन् । एसिया ट्रेल मास्टर (एटिम) मा एसियाका ४८ देशहरुका खेलाडीहरु छानिएर प्रतिस्पर्धा गर्छन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस