२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज विश्व एड्स दिवस, नेपालमा हरेक दिन एक जना संक्रमित

Today is World AIDS Day, one person is infected every day in Nepal

काठमाडौं । आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस । ३६औँ विश्व एड्स दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाईदैछ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित विभिन्न चेतनामुलक कार्यक्रम गरि दिवस मनाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रमको आयोजना गरेको छ ।

सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख जना संक्रमित भएका छन् । सङ्क्रमणका कारण चार करोड चार लाखको मृत्यु भइसकेको छ ।

विश्वमा हरेक दिन ३ हजार ६ सय मानिस एचआईभी सङ्क्रमित हुने गरेको तथ्यांक छ । केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस