२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो पेट्रोल र डिजेलको भाउ [ विज्ञप्तिसहित ]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो ।

आजै रातिदेखि लागू भएको पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो १६० रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस