२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज झनै बढ्यो सुनको मूल्य, बनायो अर्को नयाँ रेकर्ड [ सूचीसहित ]

today gold price in nepal

मङ्सिर १२, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको हो। हिजोपनि ५०० रुपैयाँ बढेर इतिहासकै सबैभन्दा बढी मूल्य रेकर्ड कायम भएको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार १५० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि कात्तिक ११ गते छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो चाँदीपनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय रुपैयाँ कायम भएको थियो । आइतबार भने चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस