२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपालाई पहिलो पार्टी बनाउने मेरुदण्ड तयार गर्न जलेश्वरमा बैठक

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु भएको छ । मध्याह्न १२ बजेपछि सुरु भएको बैठकमा प्रदेश सभापति र इन्चार्जहरुलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।

यसअघि गत कात्तिक २२ र २३ गतेका लागि तय गरिएको बैठक जाजरकोट भूकम्पपछि स्थगित गरिएको थियो । आजदेखि १३ गतेसम्म (तीन दिन) चल्ने बैठकले पार्टीको आगामी नीति र राजनीतिक रोडम्याप तय गर्ने रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार बैठक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने छन् । सासंदहरूको र संसदीय कार्यको समीक्षा तथा महाधिवेशनको विधिबारे पनि बैठकमा छलफल हुने छ । रास्वपाका नेताका अनुसार वडाभन्दा माथिल्लो तहको अधिवेशनको विधि यो बैठकले टुंगो लगाउनेछ। वडाको अधिवेशन भने सुरु भइसकेको छ । यसैगरी मंसिर पहिलो साता सन्चालन गरिएको घरदैलो कार्यक्रमको समीक्षा पनि हुने रास्वपाले जनाएको छ ।

आगामी चुनावमा रास्वपालाई पहिलो पार्टी बनाउने मेरुदण्ड तयार गर्न जलेश्वरमा बैठकमा छलफल हुने महामन्त्री मुकुलको भनाई छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस