काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पुर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।
उक्त कार्यक्रममा सहभागी हुन् पूर्वराजा शाह शुक्रबार नै झापा गएका छन् । पूर्वराजा शाहले बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेछन् । यता काठमाडौंमा भने दुर्गा प्रसाईं समूहले राजतन्त्रको मागसहित आन्दोलन गरिरहेको छ ।
गोप्य स्रोतका अनुसार कुनै प्रतिक्रियाबिना नै सहजै सत्ता छोड्दा ज्ञानेन्द्र र दलहरुकाबीच गोप्य सहमति भएको दाबि छ । सहमति अनुसार दलहरुले काम नगरेकाले अब उनीहरुले नै सत्ता आफूलाई दिनुपर्ने गोप्यताका कुरा आज ज्ञानेन्द्रले खोल्न सक्ने स्रोतको आँकलन छ ।