२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विदेशी मिडियामा छाए दुर्गा प्रसाईँ, कसले के लेखे हेर्नुहोस्

काठमाडौं । समय समयमा आफ्नो बयानका कारण विवादमा परिरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अहिले राजा र हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका छन । तर कुनै बेला उनी नेकपा एमालेका केन्द्रीय सदस्य थिए । सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ुहजुरबुवाु को नाता लगाउँदै बोलिरहेका हुन्थे । उनी कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट थिए । तर केही महिनादेखि प्रसाईँले एमाले नेतृत्वको चर्को आलोचना गर्दै आएका छन् ।

विभिन्न माध्यमबाट उनले एमाले र उक्त दलका अध्यक्ष ओली एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अभिव्यक्ति दिइरहेका छन । अहिले भने उनी प्रखर गणतन्त्रविरोधी बनेका र हिन्दूराष्ट्र तथा राजतन्त्रको पक्षमा लागेका देखिन्छन् । उनले मंसिर ७ गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन । उनको प्रदर्शनलाई विदेशी संचारमाध्यमले पनि विशेष महत्व दिएर समाचार सम्प्रेषण गरिरहेका छन ।

एपी न्युजले नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै हजारौं प्रदर्शनकारीले प्रहरीसँग झडप गरेको कुरा उल्लेख गरेको छ । रोयटर्सले पनि राजतन्त्र पुनस्र्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुविरुद्ध नेपाल प्रहरीले बल प्रयोग गरेको कुरा लेखेको छ । भारतीय सञ्चारमाध्यमले सुरुदेखि नै यसको समाचार सम्प्रेषण गरिरहेका छन । रुसी, टर्किस मिडियामा पनि प्रसाईँको आन्दोलनले स्थान पाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस