२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्गा प्रसाईं घरबाट ननिस्किनुको कारण उनकै सचिवालय सदस्यले खुलाए

Durga Prasai Latest

’ गरिएको छ। प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएपनि प्रहरीले उनीहरुलाई जान रोक लगाएको छ ।

८ मंसिर, काठमाडौं । असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्। प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएपनि प्रहरीले उनीहरुलाई जान रोक लगाएको छ ।’

प्रसाईंका सचिवालय सदस्य विजय कँडेलका अनुसार ‘बाहिर सुरक्षा घेरा छ। उहाँको हेल्थको इस्यू पनि आइरहेको छ। त्यसैले उहाँ आजको प्रदर्शनमा निस्किनु हुदैन्। उनले प्रसाईं घरबाट बाहिर ननिस्किए पनि उनका समर्थकहरूले प्रदर्शन गर्ने जानकारी दिए। ‘हामी काठमाडौँका जुनसुकै चोकमा पनि प्रदर्शन गर्न सक्छौँ। तीनकुने नै जानुपर्दैन’, कँडेलले भने, ‘जहाँबाट जसरी सकिन्छ त्यसरी आन्दोलन गर्ने र कुनै चोक बाँकी नराख्ने रणनीतिमा छौँ।’

प्रसाईं समूहले शुक्रबार बिहान तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यसलाई निस्तेज पारिदिएको छ। प्रसाईंको घर वरपरको धेरै संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ। कँडेलले प्रसाईंलाई नजरबन्द राख्ने हल्ला चले पनि आधिकारिक रुपमा सरकारका तर्फबाट केही नआएको दाबी गरे। ‘प्रहरीले हामी माथि एकदमै दमन गरिरहेको छ। मान्छे निस्किने बित्तिकै समातेर लैजाने र लाठी चार्ज गर्ने गरेको छ’, उनले भने। सुरुमा वित्तीय संस्था तथा बैङ्कहरूको ऋणबाट ऋणीहरूलाई मुक्त गर्ने प्रतिवद्धता जनाएर अभियान थालेका प्रसाईं पछिल्लो पटक व्यवस्था परिवर्तन आफ्नो एजेण्डा भएको बताउन थालेका छन्।’

 

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस