२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज भोलि समेतलाई सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

gold price today nepal

८ मंसिर, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । यही मूल्य भोलि शनिबारपनि लागू हुनेछ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघकाअनुसार आजका लागि सुनको मूल्य तोलामा एक लाख १६ हजार ३००, तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँ तोकिएको छ ।

बिहीबार एक लाख १६ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक लाख १५ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, हिजो एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस