२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज काठमाडौं बन्द, दुर्गा प्रसाईँ भन्छन : प्रहरीले सहयोग गर्यो

काठमाडौं । विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाईंले आज (शुक्रबार) देखि काठमाडौं बन्द गर्ने चेतावनी दिएका छन । आज बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन । प्रहरीसहित झण्डै ४० जना घाइते भएको उल्लेख गर्दै उनले भने, ‘अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको हो । आजको प्रदर्शनमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंको दाबी छ । प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको टिप्पणी समेत उनको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस