२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युवा सङ्घ भर्सेस दुर्गा प्रसाईँ : उपत्यकामा विशेष सुरक्षा सतर्कता ! के भन्छ प्रहरी ?

काठमाडौं । भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको अभियानले गर्न लागेका दुई फरक कार्यक्रमलाई ध्यानमा राखेर उपत्यकामा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रहरी गस्तीदेखि उपत्यका प्रवेश गरिने नाकाहरूमा सुरक्षा जाँच पनि बढाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रमुख प्रतिपक्षी नेकपा एमालको भातृ सङ्गठन युवा सङ्घको सभाका लागि तीनकुने ठाउँ तोकेको छ भने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाभियान’को कार्यक्रमका लागि बल्खु निर्धारण गरेको छ ।

कार्यक्रमको पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले विभिन्न स्थानलाई निषेधित क्षेत्र पनि घोषणा गरेका छन् । अप्रिय घटना हुन सक्ने आशङ्काबीच राष्ट्रिय मानव अधिकार आयोगले दुवै पक्षले गर्ने कार्यक्रमको निरीक्षण गर्ने बयान दिएको छ । सम्भावित परिस्थितिको आकलन गरेर निगरानी बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कठायतले जानकारी दिनुभयो । नेपाल प्रहरीले मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न आग्रह गरेपनि राजधानीका सडकमा ट्राफिक व्यस्तता बढ्ने देखिएको छ । कतिपय स्कुलहरु बन्द गरिएका छन ।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस