२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्पमा जेनतेन बाँचेकाहरु चिसोको शिकार हुँदै, मर्नेको संख्या १३ पुग्यो

2 earthquake victims died due to cold

काठमाडौं । भूकम्पमा जेनतेन बचेकाहरु चिसोको शिकार भइरहेका छन । अत्यधिक चिसोका कारण जाजरकोटमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । पछिल्लो पटक नलगाड नगरपालिका–४, पिपलचौरमा त्रिपालमुनि बस्दै आएकी युवतीको मृत्यु भएको हो । मुटु तथा बाथरोगपीडित २८ वर्षीय धनकुमारी खत्रीको आज (बुधबार) बिहान मृत्यु भएको हो । पिपलचौरमा रहेको घर भत्किएपछि दारकाठ तह लगाउन गत कात्तिक २५ गते धनकुमारी बारेकोटबाट श्रीमान् विष्णु खत्रीसँगै आएकी थिइन् । उनीहरु त्यहाँ कैनाखोला किनारमा ८ र ४ वर्षीय छोराहरुसहित त्रिपालमा बस्दै आएका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस