२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एपीवानले रोक्यो दुर्गा प्रसाईँको अन्तर्वार्ता, आतङ्क फैलाउने १७ मिडियालाई स्पष्टीकरण

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिमको कारबाही गरेको काउन्सिलले जानकारी दिएको हो । काउन्सिलद्वारा जारी विज्ञप्तिमा दर्ता सूचीकरण भएका सञ्चार माध्यमअन्तर्गत सामाजिक सञ्जालबाट अवाञ्छित सामग्री सम्प्रेषण भएको हकमा २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको छ ।

यस्तै काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका र आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेका सञ्चार माध्यम (युट्युब च्यानल)लाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ ।

यसअघि, पत्रकार भुषण दाहालको टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा शो’लाई एपीवान टेलिभिजनले प्रशारणमा रोक लगाएको थियो । दुर्गा प्रसाईंसँग गरिएको कुराकानीलाई टेलिभिजनले प्रशारणमा रोक लगाएको प्रस्तोता भुषण दाहालले जानकारी गराएका हुन । उनको शो साझा कथाको यूट्युब च्यानलबाट प्रशारण भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस