२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउन कांग्रेसले इञ्जिनियरसहित २५० लाई पठाउँने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने घोषणा गरेको छ । कांग्रेस पदाधिकारीको हिजो (सोमबार) को बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि २५० जनाको स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर टहरा बनाउनुपर्ने सुझाव दिएको छ । कांग्रेसले तत्काल टहरा बनाउनका लागि जनशक्ति कमी देखिने भएपछि पार्टीमा आबद्ध इञ्जिनियर, ओभरसियर, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल सम्मिलित १०/१० जनाको २५ संयुक्त टोली पठाउन लागेको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस