२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्रीले किन बनाए मन्त्रालय सुधारका लागि १० सदस्यीय समिति ?

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू अन्तर्गत निकायहरुको प्रभावकारी  कार्य सम्पादन गरी सुधार ल्याउन अध्ययन समिति गठन गर्नुभएको छ । पूर्व मुख्य सचिव लीलामणि पौड्यलको संयोजकत्वमा १० सदस्यीय समिति गठन भएको हो । समितिमा प्रहरी,सशस्त्र प्रहरी,समाज शास्त्री ,सूचना प्रविधि विज्ञ लगायत विभिन्न प्रशासनिक निकायमा रही कार्य गरेका अनुभवी व्यक्तिहरुलाई राखिएको छ ।

आज गृह मन्त्रालयमा आयोजित साक्षात्कार कार्यक्रममा गृहमन्त्री श्रेष्ठले, गठित समितिले बनाउनले प्रतिवेदन पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै सबैको साथ आवश्यक भएको जानकारी गराउनुभयो । गठित समितिले आफ्नो कार्य सम्पादनका लागि आवश्यकता अनुसार विषयगत उप समिति गठन गरेर कार्य अगाडि बढाउने जनाइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस