२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटकमाथिको प्रतिबन्ध खारेजी मागसहित दायर रिटमा भोलिदेखि सुनुवाइ

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन भन्दा धेरै रिट परेका छन । ती रिट निवेदनहरूमाथि भोलि (सोमबार) देखि प्रारम्भिक सुनुवाइ हुँदैछ । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै विभिन्न कानुन व्यवसायीहरूले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको जानकारी दिनुभयो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस