२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्पपछि चिसोका कारण जाजरकोटमा ५ जनाको मृत्यु

2 earthquake victims died due to cold

काठमाडौं । जाजरकोट भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण ज्यान गएको छ । शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा वृद्धवृद्धा रहेका छन । यहीँ शुक्रबार बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट–१ रामीडाँडाका ७० वर्षीय डुमे पुनको मृत्यु भएको थियो । बुधबार भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको ज्यान गएको हो । यस्तै, गत शुक्रबार नलगाड नगरपालिका–४ लहास्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस