२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल युएईसँग ४–० गोलान्तरले पराजित, अब यमनविरुद्ध खेल्ने

काठमाडौं । नेपाल फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा युएईसँग पराजित भएको छ । गए राति दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलान्तरले पराजित भएको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको थियो । पहिलो हाफमा शुन्य गोलरहित रहेको नेपालले दोस्रो हाफमा युएईलाई गोल गर्नबाट रोके पनि आफूले पनि खाता खोल्न सकेन । अब नेपालले दोस्रो खेल यही मङ्सिर ५ गते यमनविरुद्ध दशरथ रङ्गशालामा खेल्नेछ । लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस