२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दशैंपछि काठमाडौंमा एक करोड बढीको धनमाल चोरियो

काठमाडौं । एक महिना भन्दा कम समयावधीमा काठमाडौं एक करोड बराबरको चोरी भएको छ । उपत्यका प्रहरी कार्यालयले दशैंपछिका २० दिनमा १ करोड रुपैयाँ भन्दा धेरै धनमाल चोरी भएको जानकारी दिएको छ । कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना भएका हुन ।

ती चोरीमा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल लुटिएको हो । प्रहरीले क्रमश: भक्तपुरबाट ५० लाख ५६ हजार, काठमाडौंबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँ र ललितपुरबाट २५ लाख ३० हजार ७५० रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस