२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जाजरकोट भूकम्प : चिसोले ४ जनाको मृत्यु, घर भत्किँदा केही घाइते

Earthquake victims waiting for relief jajarkot

काठमाडौं । जाजरकोट भूकम्पको चपेटमा आएका पीडितले ज्यान गुमाउन थालेका छन । चिसोका कारण जाजरकोटमा थप दुई जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका रोगी हुनुहुन्थ्यो । यसअघि नलगाड नगरपालिकामा चिसोका कारण दुई भूकम्पपीडातले ज्यान गुमाउनु परेको थियो । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल रहेका छन ।

उता, रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलिमा एक घर भत्किदा चार जना घाइते भएका छन् । भूकम्पले चर्काएको झकबिर सुनारको घरमा भाइटीकाको दिन टीका लगाएर खाना खान बसेको बेला सो घर भत्किएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले घर भत्किदा बाँफिकोट गाउँपालिका–८ दुलिगाउँकी ७० बर्षीया आइती कामी, ६० बर्षीया बिरमी कामी, २९ बर्षीया एलिसा सुनार ओली र उहाँकी एक वर्ष पाँच महिनाकी डिबिनांसि ओली घाइते भएको जानकारी गराएको छ । घाइते चारै जना जिल्ला अस्पताल सल्लेमा उपचार पश्चात डिस्चार्ज भएका छन ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस