विराटनगर । कार्तिक २६ गतेको करिब २२ः३० बजे उर्लाबारी–७, बरगाछी, मोरङस्थित दिपक कार्कीको घरमा भएको
आगलागी नियन्त्रण गर्ने क्रममा घाइते भएका ४ जना प्रहरी र २३ जना सर्वसाधारण समेत २७ जना मध्ये तत्काल झापाका
अस्पतालहरु लगिएका १० जनालाई कार्तिक २८ गते नेपाली सेनाको CASA(NA-062) विमानद्वारा चन्द्रगढीबाट
काठमाडौं ल्याईएको छ ।
सोही घटनामा परि घाइते भएका १४ जनालाई कार्तिक २७ गते नै नेपाली सेनाको विमानद्वारा बिराटनगरबाट काठमाडौं पुर्याइएको थियो ।