२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चार वर्षपछि सबैका लागि खुल्यो कोरला नाका

काठमाडौं । विगत चार वर्षदेखि बन्द कोरला नाका सञ्चालन भएपछि मुस्ताङको सबै स्थानीय तहका बासिन्दा सहजै चीनको नेचुङ–लिजी बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउँथे । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका पाँच वटै स्थानीय तहका वासिन्दालाई आवत जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबिच सोमबार सहमति भएको छ ।

चिनियाँ अधिकारिहरुसँग नेपालले मुस्ताङका सबै वासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेको थियो । चिनियाँ पक्षले नेपाल पक्षको प्रस्तावमा सहमति जनाएको हो । अब वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका वासिन्दाहरुले पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवत जावत गर्न पाउने भएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो ।

सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिची सम्म ब्यापार, व्यवसायका लागि नियमित आवत जावत थालेका छन् । कोरोना महामारी फैलिएपछि वि.सं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस