२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज गोवर्धन पूजा, भगवान कृष्णसँग जोडिएको महत्व जान्नुहोस्

काठमाडौं । तिहारको चौथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजाआजा गरी गोरु तिहार पर्व मनाइँदै छ । वर्षभर कृषि कर्ममा जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजा गरेर मीठो खानेकुरा खान दिइन्छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पूजा गरिदैँ आएको छ । घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने प्रचलन पनि छ ।

आज वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । मान्यता अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा हुँदै आएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस