२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटक बन्दपछि अंशु बर्माले अब के गर्छ भन्नेलाई दिए यस्तो जवाफ

What will Anshu Burma do next after TikTok shut down

काठमाडौं । नेपालमा टिकटक बन्द हुने भएको छ । सरकारले टिकटक बन्द गर्ने निर्णयसँग अधिकांश सबैभन्दा चर्चामा रहेका टिकटकर्स अंशु बर्माले अब के गर्छन् ? भन्दै प्रश्न गरेका थिए । कयौँ सामाजिक सञ्जालका पेज तथा अकाउण्टमा यस्ता पोस्ट आएपछि अंशुले उनीहरुलाई भिडियो मार्फत जवाफ दिएका छन् । ‘

उनले राम्रो गरिरहेकालाई राम्रो नै भन्न सिक्नुस् भन्दै आफूसँग बर्मा नोट बुक उद्योग, स्टेशनरी, चार–पाँच वटा घर रहेकाले मेरो चिन्ता नगर्नुहोस् आफ्नो गर्नुहोस् भनेका छन् । उनले आफ्नो महिनाको ४–५ लाख त घरबाट नै भाडाबाट आउने भएकाले अब आफ्नो चिन्ता नरहेको भनेका छन् । आफूले ५० औं लाख त सामाजिक सेवामा खर्च गरेको, टिकटकमा बिग्रिती फैलाएर हैन । सचेतना बढाएर कमाएको दाबी गरेका छन् ।’

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस