२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हुम्लाबाट उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा अचानक समस्या

२७ कात्तिक, हुम्ला । हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।

नेपाल एयरलाइन्सको नाइन एन–एबीयू कलसाइनको हवाई जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको छ । यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन् ।

हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ । सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ । हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन ।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस