२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप क्रिकेट : भारतले नेदरल्याण्डलाई १६० रनले हरायो

काठमाडौं । क्रिकेट विश्वकप २०२३ को खेलमा भारतले नेदरल्याण्डलाई १६० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो । जवाफमा नेदरल्यान्ड्स ४७.५ ओभरमा १० विकेट गुमाउँदै २५० रनमा समेटिएको हो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ५४ रन बनाउँदा भने सिब्रान्ड एङ्गलब्रेचले ४५ रन बनाए ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले २–२ विकेट लिए । विराट कोहली र कप्तान रोहित शर्माले १–१ विकेट लिएका छन । भारतका लागि पहिलो इनिङ्समा श्रेयस अय्यर र केएल राहुलले क्रमश एकल १२८ र १०२ रन बनाएर खेलेका थिए । रोहित शर्माले ६१ र शुभमन गिल र विराट कोहलीले ५१–५१ रन बनाएका हुन । यो भारतको अन्तिम लिग खेल थियो । अब सेमिफाइनलमा बुधबार भारतले न्यूजिल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस