२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘आफू बाँचे तर मेरो नाति बचाउन सकिनँ’

earthquake nepal effect

जाजरकोट, कात्तिक २६ गते । मध्यरात भूकम्प गएपछि घर यताउता हल्लाउन थाल्यो । सुतेकी थिएँ । ओछयानबाट उठन सकिन । छतबाट माटो खसेर मेरो आधा शरीर पुरिसकेको थियो । अर्कोतिर नाति कराएको सुनें ।

आफनो शरीरको माटो पन्छाउँदै नातिलाई जीवित निकाल्ने प्रयास गरें । भत्किएको घरबाट नातिलाई लिएर मुस्किलले बाहिर निस्किएँ । अर्को पट्टी नानी सुतेकी थिइन् । उनलाई पहिला नै घरको छानो खसेर चोट लागिसकेको थियो ।

“केही समयपछि घर गल्र्याङ्गुर्लुङ्ग खस्यो । श्रीमान बाहिर पहिल्यै आइसक्नु भएछ । म घाइते भएपछि नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीयले अस्पताल पुगाए छन् । अस्पतालमा ल्याएपछि बेहोस थिएँ” भेरी नगरपालिका १ की ६३ बर्षीय सितला कामीले पीडा सुनाइन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल ल्याएछन् । सात बर्षीय नाति शिवराज तिरुवा, घाइते अवस्थामा नातिलाई निकाल्न सफल भइन् । तर १२ बर्षीय बिव्रmम तिरुवा, ७ बर्षीय गौतम तिरुवा भूकम्पमा घाइते भएपछि अस्पताल ल्याइएछ । मलाई थाहा भएन ८ बर्षीय नाती विष्णु तिरुवाको भूकम्पमा परी मृत्यु भइसकेछ ।

श्रीमान र छोराहरुले श्रम रोजगारी गरी नाना खाना पुगाएकै थिए । केही असुविधा थिएन । १२ नाति नातिनी थिए, एउटा नातिलाई दैवले उठाएछ । कात्तिक १९ गतेसम्म होस खुलेन । २० गते होस खुलेपछि नातीहरु कता छन् सवै सकुसल छन् भनेर सोधेर नाती विष्णु तिरुवा भुइचालोमा परी मृत्यु भएको जानकारी पाएँ ।

इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले मलाई सम्झाउदै भने, “चिन्ता नलिनुहोस्, अव चिन्ता लिएर केही हुँदैन । आफनो मनलाई समाल्नुहोस् ।” उहाँ सम्झाउदाँ पनि मन थाम्न सकिएन । झल्भली त्यही नाती आँखा वरिपरि देख्छु । म कसरी विर्सिन सक्छु, कामीले भनिन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस