२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तिहारको दोस्रो दिन आज लक्ष्मी पूजा

आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा परेको छ ।
Friday Puja to Goddess Santoshi and Baibhavalakshmi

काठमाडौं । तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाको दिन मानिसहरूले आफ्नो घरलाई सजाउने र सरसफाइ गर्ने र दीपले सजाउने गर्छन् । लक्ष्मी माताको मूर्ति वा चित्रको पूजा गर्दै धन, समृद्धि र सुख प्राप्तिको लागि प्रार्थना गरिन्छ । मानिसहरुले आ–आफ्नो क्षेत्र र परम्परा अनुसार विभिन्न तरिकाले पूजा आराधना गर्छन ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा परेको छ । आज घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री–सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । आज बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मी माताको अवतारको सेवा गरिन्छ ।

नरक नुहाएपछि इमान्दारीपूर्वक घरको पहरेदारको रुपमा खटिने मानव समाजको सहयात्री बनेको बफादार प्राणी कुकुरलाई प्रेम पूर्वक पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ ।त्यसैले घरघरमा कुकुरको पूजा गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षमा पर्ने चार विशेष रात्री मध्येको एक सुखरात्री आजै परेको छ । आज राती संमृद्धिको देवी लक्ष्मी धर्तीमा विचरण गर्न आउने र आशिस दिएर फर्किने विस्वास छ ।

हिन्दु धर्मावलम्वीहरुले गाइलाई आमाको स्थानमा राखेका छन, जसकारण हरेक कुराहरू पूजनयोग्य मानिन्छ । कुनै चोखो नितो काम गर्दा यी नै गौ माताको गौँत अभिशेष सेचन तथा सेवन गरी गर्ने चलन रहँदै आएके छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा पनि दिने गरिन्छ । साथै, आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस