२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कैलाली प्रहरीको थुनामा रहेका युवकको रहस्यमय मृत्यु

Kailali Police

धनगढी । कैलाली प्रहरीको थुनामा रहेका एक युवकको रहस्यमय मृत्यु भएको छ । थुनाकक्षबाट बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएका कृष्ण सेट्टीको रहस्यमय मृत्यु भएको हो । लीखीत बयान लिनेक्रममा सेट्टी एक्कासि बेहोस भएका थिए । बेहोस भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा सेट्टी पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो । दाइ गणेश सेट्टीले बुधवार साँझ कृष्णको स्वास्थ्य राम्रो रहेको बताए । ‘आज बुहारीसहित आउँदै थियौ। प्रहरीबाट फोन आयो। अस्पतालमा ल्याएको रहेछ। प्रहरीले के गरेको हो ? केही जानकारी भएन ।’ उनले भने,

बिहान करिब ९ः४५ बजेतिर बयान लिने क्रममा सेट्टी बेहोस भएको प्रवक्ता चन्दले बताए । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र मृत्युको कारण अस्पतालले आधीकारिक रुपमा नखुलायको उनले बताए । “उनी बेहोस भएपछि हामीले अस्पताल पुगायौ अस्पताल पुर्याउदा डक्टरले मृत घोषणा गर्नुभयो।” उनले भने, मृत्युको कारण भने पोस्टमार्टम गरिएपछि मात्रै थाहा हुन्छ।”

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता चन्दका अनुसार सोमवार दिउसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए । जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो । थापाको हत्या भएपछि मङ्गलवार जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक चन्दसहितको प्रहरी टोली घटनास्थल गएको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस