२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कालिकोटमा ५ जनाको सिट भएको बोलेरमा १२ जना चढ्दा दुर्घटना, ३ खेलाडी घाइते

Jeep Accident

कालिकोट । शुभकालिका–४ ठाना सिमतलीमा शुक्रबार बिहान बोलेरो जीप दुर्घटना हुँदा ३ जना खेलाडी घाइते भएका छन् । तिलागुफा नगरपालिकाको फोइ महादेवमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागी भएर घर फर्किँदै गरेका खेलाडी दुर्घटनामा परेको शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले जानकारी दिइन् ।

मान्मबाट शुभकालिका जाँदै गरेको बा १४ च ८८९९ नम्बरको बोलेरो जीपको ब्रेक फेल भएर सडकबाट खस्दा शुकालिका ६ हाउडीका १७ वर्षीय बसन्त शाही, सोही ठाउाका सुमन शाही र १८ वर्षीय प्रकाश शाही घाइते भएका छन् । घाइतेमध्ये बसन्तको छाती र बाया हातमा चोट लागेको छ भने अन्यको हात खुटामा चोट लागेको छ ।

घाइतेलाई सुकाटीया स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मान्म ल्याइएको कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । जीप चालक तिलागुफा–१ भिग्मका पदम बुढा फरार छन् । ५ जनाको सिट भएको बोलेरमा १२ जना चढेको स्थानीयले बताए । जीप सडकबाट ३० मिटर तल खसेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस