२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जाजरकोट भूकम्पमा मर्नेको संख्या १५४ पुग्यो

भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो ।

काठमाडौं । जाजरकोट भूकम्पमा परेर मर्नेको संख्या १५४ पुगेको छ । भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो । उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा शुक्रबार (आज) बिहान उनको मृत्यु भएको हो ।

अस्पतालका अनुसार विष्टको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो । गत शुक्रबार जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । अहिलेसम्मको विवरण अनुसार जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस