२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेरि भूकम्पको धक्का, जाजरकोटमा गत शुक्रबारयता साढे ६०० पराकम्प

२३ कात्तिक, काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।

 

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता झण्डै साढे ६ सय पराकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरकी प्रमुख मोनिका झाले जानकारी दिइन् । सबैभन्दा शक्तिशाली पराकम्प भने गत २० गतेको ५.८ म्याग्निच्युडको थियो । उक्त पराकम्पको केन्द्र पनि बारेकोट गाउँपालिका-१ रामीडाँडा नै थियो ।

 

जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हाल राहत वितरण र पुनर्स्थापनाको काम जारी छ ।

 

खानी तथा भूगर्भ विभाग र राष्ट्रिय भूकम्प मापन केन्द्रको टोली भूकम्पको अध्ययन गर्न हाल जाजरकोट जिल्लामा छ ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस