२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कम्बोडियाको टेलिकममा ओलीले ३ अर्ब पुष्टि गर्न दुर्गा प्रसाईलाई प्रहरी अल्टिमेटम, नत्र पक्राउ

Durga Prasai

१९ कात्तिक,काठमाडौं । नेपाल प्रहरीले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईसँग पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पुष्टि हुने प्रमाण मागेको छ । पूर्व प्रधानमन्त्री ओलीको सन्दर्भमा उनले लगाएका आरोप पुष्टि गर्न वा कानूनी कारवाही भोग्न दुईमध्ये एक विकल्पका लागि तयार रहन प्रहरीले प्रसाईलाई पूर्व जानकारी समेत गराएको छ ।

प्रहरीले पटक–पटक उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोप पुष्टि हुने केही आधार भए उपलब्ध गराउन आग्रह गर्दा उनले विभिन्न वहाना गरेर उम्किरहेका छन् । पछिल्लो पटक आईजीपी वसन्त कुँवर आफैंले फोन गरेर उनलाई आरोप प्रमाणित गर्न वा कानून बमोजिम कारवाहीको भागिदार बन्न प्रहरीसमक्ष उपस्थित हुन भनेका छन् ।

प्रसाईले आइतवार केन्द्रीय साइबर ब्यूरोमा गएर प्रारम्भिक बयान दिएका छन् । उनलाई प्रहरीले अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको छ । प्रमाण नदिए पक्राउ गर्ने संकेत प्रहरीले दिइसकेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस