२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोहलीको कीर्तिमानी सतकसँगै भारतको दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य, बलिङ झनै घातक

India's target of 327 runs against South Africa with Kohli's record century

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा भारतले बलियो दक्षिण अफ्रिकालाई जितका लागि तीन सय २७ रनको लक्ष्य दिएको छ । कोलकातास्थित इडेन गार्डेन स्टेडियममा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय २६ रन बनाएको हो ।

भारतका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले एक सय २१ बलको सामना गरी अविजित एक सय एक रनको योगदान गरे । भारतीय टोलीका पूर्वकप्तान समेत रहेका कोहलीले निकै समालिएर ब्याटिङ गरेका थिए । यसअघि विराटले दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका थिए । यस क्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए । उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको खेल जीवनको कीर्तिमानी सतक पनि हो । यही सतकसँगै उनले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गरेका छन् । कोहलीले एकदिवसीय क्रिकेटमा प्रहार गरेको यो ४९औँ सतक हो । सचिनले पनि सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक प्रहार गरेका थिए । अब कोहलीले यही विश्वकपमा अर्को सतक प्रहार गर्दै सचिनको कीर्तिमान तोड्ने सम्भावना पनि बढेको छ ।

विराटका अतिरिक्त भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि उत्कृष्ट अर्धसतकीय योगदान गरे । उनले टोलीको खातामा ७७ रन थपे । उनले पेभेलियन फर्किनुअघि ८७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए । भारतका लागि कप्तान रोहित शर्माले पनि आक्रामक पाली खेल्दै ४० रन बनाए । उनले केवल २४ बलमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । अर्का ओपनर शुभमन गिल भने २३ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

विकेटकिपर ब्याट्सम्यान केएल राहुल आठ रन बनाउँदै आउट भए । सूर्यकुमार यादबले पनि टोलीको खातामा १४ बलमा पाँच चौकाको मद्दतले २२ रन थपेका थिए । रविन्द्र जडेजाले पनि अविजित २९ रन बनाए । उनले १५ बलमा एक छक्का र तीन चौका हिर्काए । भारतले अतिरिक्त रुपमा पनि २६ रन पाएको थियो । दक्षिण अफ्रिकाका बलर लुइजी एनगिडी, मार्को जानसेन, कागिसो राबडा, केशव महाराज र ताब्रियास साम्सीले एक—एक विकेट लिएका थिए ।

भारतसँग दक्षिण अफ्रिकालाई ब्याटिङमापनि मुस्किल बनेको छ । आक्रमक ब्याट्सम्यानहरुले ९ ओभरमा तीन विकेट लिएका छन् । ११.५ ओभर खेल सकिदा दक्षिण अफ्रिकाले मात्र ३७ रन जोड्न सकेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस