२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्सन, रोहित र करणको शनसनीपूर्ण ब्याटिङमा ओमानलाई १८५ रनको लक्ष्य

Live match of Nepal and Oman for the T-20 World Cup Qualifier title

१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।’

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।’

गुल्सनले मात्र २५ बलमा ५४ रन बनाए । रोहितले ३७ बलमा ३२ रन बनाए, कुशलले २२ बलमा ३१ रन बनाए भने करणले ६ बलमा नै २० रनको योगदान दिए । यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । फाइनल खेलमा नेपाललाई ओमानसँग बदला लिने अवसर छ ।’

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस