२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओमानसँगको खेलमा नेपालको एकपछि अर्को गर्दै चार विकेट ढल्यो

Live match of Nepal and Oman for the T-20 World Cup Qualifier title

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानसँग खेलिरहेको नेपालको एकपछि अर्को गर्दै चार विकेट ढलेको छ । राम्रो स्कोर जोड्न नपाउँदै नेपाली ब्याट्सम्यान एकपछि अर्को गर्दै ढलेका छन् ।’

बिलाल खानले २.४ ओभरमा आसिफ शेख आउट गरेका थिए । ६ बलमा मात्र ६ रन जोड्दै आसिफ आउट भए । त्यसपछि केही समयमा नै सन्दीप जोरा र कुशल भुर्तेल आउट भए । सन्दीपलाई जीशान मकसूदले आउट गरे । लगत्तै आकिब इलियासले नेपालका विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल आउट गरे । भुर्तेलले २२ बलमा देशका लागि ३१ रनको योगदान दिएका थिए । त्यसपछि कुशल मल्ल आउट भए ।

अहिले गुल्सन झा र कप्तान रोहित पौडेल क्रिजमा छन् । नेपालले यो समाचार तयार पार्दा १०.३ ओभरको खेलमा चार विकेट गुमाउँदै ६१ रन जोडेको छ । ’

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस