२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा हस्सा भूकम्प पीडितलाई दिने क्रिकेट संघको घोषणा

Nepali Cricket team

१८ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भोलि हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् । संघका सचिव पारस खड्काअनुसार भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने लक्ष्य छ । प्रति टिकटको मूल्य ३५० रुपैयाँ तोकिएको छ ।

क्रिकेट संघले शनिबार सूचना निकालेर फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा (५० प्रतिशत) भूकम्प पीडितलाई दिने जनाएको छ । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी अहिलेसम्म १३६ जनाको ज्यान गइसकेको छ । जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षतिसँग धनको क्षति भएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस