२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा ५ दिनसम्म निःशुल्क

१८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ । गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो ।

यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनााएको छ ।

प्रवक्ता शोभन अधिकारीका अनुसार विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्ध छ । ‘उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइसेवा उपलब्ध गराइनेछ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ । कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि कम्पनीका कर्मचाहरीहरु प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५१११०९९५५) र ओम प्रकाश ढकाल (९८५१३४७८७०) सँग सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस