२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्प पीडितलाई एक्ला–एक्लै राहत नदिन आदेश, सरकार मार्फत नै दिनुपर्ने

Narayan Kaji Shrestha

१८ कात्तिक, काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ । एक्ला–एक्लै राहत नदिन सरकारले कडा आदेश समेत गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने निर्णय गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख, जुम्ला र रोल्पामा बढी छन् ।

उनका अनुसार बैठकले सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक बेस मानेर उद्दार कार्य गरिने छ । प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको छ भने थप आवश्यक परे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा त्रिपाल, कम्मल र खानेकुराको व्यवस्था गर्ने, आवश्यक परे थप पठाउने उपप्रधानमन्त्री श्रेष्ठले बताए । छिमेकी तथा अरु देशले पनि आवश्यक सहयोग गर्ने वचन दिएको भन्दै उनले आवश्यक परे सरकारले आग्रह गर्ने बताए । नीजि क्षेत्रका जो कोहीलेपनि सहयोग गर्न चाहे सरकारमार्फत गर्नुपर्ने उनले बताए ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस