२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधान सेनापति स्वदेश फिर्ता

काठमाडौं । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्‍न गरी हिजो मिति २०८० कार्तिक १६ गते स्वदेश फर्कनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री सिताराम खड्काले स्वागत गर्नु भयो । उहाँ यहि कार्तिक १० गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो ।

प्रधान सेनापति चीनमा रहँदा बेइजिङमा आयोजित Beijing Xiangshan Forum को समुद्‍घाटन समारोहमा सहभागी हुनु भयो । त्यसैगरी उहाँले चीन भ्रमणको क्रममा चिनियाँ जनमुक्ति सेनाको CMC का Joint Chief of Staff Gen. Liu Zhenli सँग शिष्टाचार भेटघाट गर्नुको साथै Xi’an City, Shanghai तथा Guangzhou मा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्‍न इकाई तथा शिक्षण संस्थाहरुको भ्रमण समेत गर्नुभएको थियो । भ्रमणको क्रममा प्रधान सेनापतिको सम्मानमा चीनिया जनमुक्ति सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

बेइजिङमा रहँदा प्रधान सेनापतिको सम्मानमा चीनका लागि नेपालका महामहिम राजदूतले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुनुभयो । भ्रमणको क्रममा उहाँले ग्रेट वाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नुभयो ।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस