२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य बढेर कारोबारमा आएको छ । यससँगै लगातार तेस्रो दिनसम्म घटेको सुनको मूल्य आजदेखि उकालो लागेको महासंघले जनाएको छ ।

आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार १५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ कायम थियो ।

यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार १३ सय ८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस