२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अविनाशले लिए ओमानको सातौँ विकेट

काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको चलिरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो सातौँ विकेट गुमाएको छ ।

ओमानको सातौँ विकेट अविनाष बोहराले लिएका हुन् । उनले ओमानका अनुभवी ब्याट्सम्यान जिसन मक्सुदलाई ३३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । अविनाशले कप्तान सिजनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् ।

पेभेलियन फर्किनुअघि जिसनले २६ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काएका थिए । त्यति बेला ओमानको टोलीले १४.४ ओभरमा एक सय रन बनाएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस