२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्सनले लिए ओमानको तेस्रो विकेट

Gulshan Jhaa

काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

ओमानको तेस्रो विकेट गुल्सन झाले लिएका हुन् । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतीक अथावालेलाई २४ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । गुल्सनले प्रतीकलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।

विकेटकिपर ब्याट्सम्यान प्रतिकले १८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनी ओउट हुँदा ओमानले पाँच ओभर ३७ रन बनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस