२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो देखियो एमालेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम

UML's tea party and greeting exchange program

काठमाडौं । नेकपा एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिरहेको छ । कार्यक्रमका लागि शीर्ष नेताहरु बिहानैदेखि पार्टी हेडक्वाटरमा छन् । उनीहरु अधिकांश औपचारिक र राष्ट्रिय पोसाकमा देखिन्छन् । दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसोदेखि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम छ ।

यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि आजका लागि सारिएको थियो । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूलगायतलाई निमन्त्रणा गरिएको जनाइएको छ ।

पर्वहरूको अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । सत्तारूढ दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान गरेको थियो।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस