२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्ने

We can help transitional justice only if international standards and victims are friendly Guterres

१४ कात्तिक, काठमाडौं । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको कक्षको निरीक्षण गरेक थिए । सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्ने सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमन्त्रणा दिइएको छ । आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस